चैत २७, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ को आयोजनामा भएको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री श्री कृष्णप्रसाद सिटैला प्रमुख अतिथि सम्पन्न भएको छ ।
क्षेत्र नं ६ का सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान, काठमाडौं जिल्ला सभापति सवुज कृष्ण वानिया, क्षेत्र नं का क्षेत्रिय सभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेसका नेता बिष्णुभक्त तिमिल्सिना लगाएतको सहभागिता रहेको कार्यक्रममा कार्यकर्ताको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पूर्वसांसद श्रीराम श्रेष्ठलाई नेता सिटौलाले पार्टीका तर्फबाट विशेष सम्मान गरेका थिए । साथै उनले धादिङको साविक चैनपुर गाउँ विकास समिति–७ मा तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित बाबुकाजी श्रेष्ठलगायत विभिन्न पार्टी परित्याग गरेका दुई दर्जन नेताकार्यकर्तालाई काङग्रेसमा प्रवेश गराएका थिए ।