फागुन २६, बाकें । मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड, प्रधान कार्यालय, नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दुरा समेतले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका छन ।
बढुवाको लागि उनले भारतबाट ल्याई प्रमाणपत्र पेश गरी सुविधा लिएको देखिन्छ ।निज समेतको प्रमाणपत्र छानबिन गरी कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज सहायक अधिकृत पुष्पा दुराले डा. राममनोहर लोहिया अवध विश्वविद्यालय, फैजावाद (उ.प्र.) अन्तर्गतको जवाहरलाल नेहरु पी.जी. कलेज बाराबंकी, भारतबाट प्राप्त गरेको स्नातक (बी.ए.) तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका हुन ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरि सहायक अधिकृत पदमा बढुवा भई सरकारी लाभ सुविधा लिई भ्रष्टाचार गरेकाले विशेष अदालत काठमाडौंमा पेश गरिएको छ ।