• २०८० असोज ६ गते शनिवार

बाँके ट्राफिकको सक्रियतामा २ बर्ष देखिको अव्यवस्थित रेलिङ्ग बार हटाइयो

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा /महेन्द्र सिंह

फाल्गुन २६,बाँके / अव्यवस्थित रेलिङ्ग (बार) हटाइयो
नेपालगन्जको पुष्पलाल चोकमा रहेको जेब्रा क्रसिङ अगाडी र पछाडीका फलामे पाईप रेलिङ्ग (बार) शुक्रबार हटाइएको छ ।

 

जेब्रा क्रसिङबाट सिधा आवत जावत गर्न अप्ठ्यारो मात्र होइन, यात्रु दुर्घटना पनि निम्तिन सक्ने खतरा त्यत्तिकै थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले सो कार्यको सुरुवात गरेका थिए । नेपालगन्जका विभिन्न १५ स्थानमा रहेका रेलिङबार मध्ये पुष्पलाल चोकमा रहेको २ स्थानको रेलिङबार शुक्रबार हटाइएको हो । अबका केही दिनभित्र बाँकी रेलिङबार पनि हटाइने ट्राफिक प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय र उपमहानगरपालिकासङ्गको समन्वयमा पत्रकार उदय श्रेष्ठको पहलमा उक्त स्थानमा रहेका रेलिङ्ग (बारहरु) हटाईएको हो । सो रेलिङ हटाइएपछि आफुहरुलाइ सडक वारपार गर्न सहज भएको सर्ब साधारण बताउछन् ।

प्रतिक्रिया दिनुहोस