सागर थापा
फागुन २६ ,काठमाडौं। रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् ।
आइतबार बिहान ५ः५० मा विपरित दिशाबाट आउँदै गरेको बा ७९ प ४०३९ नम्बरको मोटरसाइकल र धमलाको बा १४ च ११९१ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो । दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सन्तोष बढुवाल, सुदिप बढुवाल र जितबहादुर धामी रहेका छन् । । धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ । अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो ।
कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् । सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।