दाङ, २७-माघ / घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ ।
कांग्रेस निटक प्रजातान्त्रीक र कम्युनिष्ट निकट प्रगतिशील प्यानल चुनाबी मैदानमा थिए ।
मुख्य निर्वाचन अधिकृत रेवतिरमण भट्टराईका अनुसार देवीबहादुर डिसीको नेतृत्वमा रहेको प्रजातान्त्रिक प्यानलले विजय हाँसिल गरेको हो ।
डिसीले १ हजार ९ सय ९६ मत प्राप्त गरेरका छन्, भने उनका प्रतिद्वन्द्वि गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा विजयी भरतमणी पाण्डेले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वि मधुसुदन शर्मा अर्यालले ९सय ७६ मत ल्याएका छन् ।
सचिवमा सुजन पाण्डे, धु्रब केसी कोषाध्यक्ष, सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।
प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् ।