• २०८२ बैशाख ७ गते आइतवार

यस्तो बन्ने भयाे, नारायणगढ-बुटबल सडक

पढ्न लाग्ने समय : १ मिनेट

पुर्ब-पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गरिने भएको छ। दुई लेनको सडक साढे तीन वर्षभित्र चार लेनमा स्तरोन्नति गरिनेछ। यो सडक विस्तार गर्न सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले आह्वान गरेको बोलपत्रमा ठेक्का पाउने कम्पनीले ४२ महिनामा विस्तार सम्पन्न गर्नुपर्ने उल्लेख छ।

सडक विभाग आयोजना निर्देशनालयले एक सय १३ किलोमिटर सडक दुई प्याकेजमा विभाजन गरी बोलपत्र आह्वान गरेको थियो। नारायणगढ-दाउन्ने ६५ किलोमिटर र दाउन्ने-बुटवल ४८ किलोमिटर गरी विभाजन गरिएको हो।

यी दुई प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ। कर्पोरेसनले नारायणगढ-दाउन्ने सडक स्तरोन्नति गर्न भ्याटसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने- बुटबल सडकखण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको छ।

प्रतिक्रिया दिनुहोस