काठमाडौं, माघ २७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला घटनाक्रम र पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे लामो छलफल गर्नुभएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच गत बिहीबार पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइ र एकीकरण कार्यदलका काममा केन्द्रित रहेर छलफल भएको थियो । स्थायी कमिटीले गठन गरेको कार्यदलले समेत सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि दुई अध्यक्षबीच नियमित छलफल भइरहेको र सोही क्रममा शनिवार पनि छलफल भएको हो ।
‘दुई अध्यक्षबीच शनिबार छलफल भएको हो, उहाँहरू नियमित संवाद र छलफलमै हुनुहुन्छ, तर बाहिर जे चर्चा भए पनि कुनै पनि विषयमा असमझारी छैन,’ खुमलटार निकट स्रोतले भन्यो, ‘पार्टीका धारणाहरू पनि आधिकारिक रूपमा सार्वजनिक भइरहेकै छ ।’
शनिबारको भेटपछि दुवै अध्यक्षले अएकताको बाँकी काम, बुझाइमा रहेको फरकपनलाई मत्थर बनाउने समझदारी गर्नुभएको पनि स्रोतको भनाई छ ।
पछिल्लो समय दुवै अध्यक्ष एकतामा देखिएको ढिलाइप्रति चिन्नित हुनहुन्छ । प्रचण्डले बढीमा फागुन पहिलो साताभित्र एकताको टुंगोलगाउने घोषणा गरिसक्नु भएको छ । सोही आधारमा पनि एकताको काम सकाउन ओली प्रचण्डबीच छलफल भएको हो । janatatimes बाट साभार