अक्षरहरु बटुलेर
थान्को लगाउदैछु भावना
कापीका पानाहरु भित्र
समेटेर शब्दहरु ।
कहिले सुख सम्झेर लेख्छु
कहिले दुख देखेर लेख्छु
कहिले आफ्नै ब्यथाहरु पोक्छु
कहिले अरुका कथाहरु देख्छु
येतिखेर तिम्रा भबना समेटदै छु
दुई चार हरफहरुमा ।
नारी सिर्जना हौ जगतको
निरन्तर माया पोखेर बग्ने खोला झै
तिमी मुल हौ सिर्जनाको
आफ्ना जागरहरु कोरलेर
सिकाइ रहिछ्यौ सत्य र सत्कर्मका पाठहरु
दिशानिर्देश गर्दैछ्यौ नयाँ युग तिर
थपेर नौला नौला आयाम
अनि गुन्जिरहेछ सङ्गित
शब्द,स्वर र धुनको सङम भएर
तिम्रो सिर्जनामा ।
हरेक जीबनका उतार चडाब बिच
परिश्रम र पसिनाको मसि दलेर
कोर्दैछ्यौ सिर्जनाका चित्रहरु
तिम्रा सुन्दर मनहरु बाट
फुलाइ रह्यौ फूलहरु भने
अबस्य निर्माण हुन्छ एउटा स्वछ्न्द संसार
तिम्रा बिचारहरु बटुलेर
फडको मार्दैछ समय
रचेर एउटा स्वर्णिम इतिहास
हरेक सिर्जना र आबिस्कार सङै ।
श्याम लामिछाने
तारकेश्वर न. पा. २