मंसिर २३, रोल्पा । विद्यार्थीसँग अध्यक्ष कार्यक्रम आज त्रिपुरेश्वरी माध्यामिक विद्यालय खुंग्रि रोल्पामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम भएको हो, गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् भन्ने यथार्थ वुझ्नका लागि नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।
विद्यालयको प्राङ्गनमा पुग्दा तेश्रो घण्टी लाग्यो अध्यक्ष सहित गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज पोख्रेल र प्रध्यानाध्यापक समिक्षा बुढाथोकीलाई लिएर अध्यक्ष कक्षा १० भित्र छिर्नुभयो, तेश्रो घण्टीमा अंग्रेजी बिषयको पढाइ चलिरहेको थियो । अध्यक्ष घर्ती सहितको टोलि कक्षा कोठाको अन्तिम बेन्चमा बसि पढाइ रहेको वेला सवै सुनिरहनुभयो । तेश्रो घण्टी पढाइसकेपछि विद्यार्थीहरुसँगको अन्तक्रिया कार्यक्रम सञ्चालन भयो ।
विद्यार्थीसँग अध्यक्ष कार्यक्रमको समग्र विषयमा माथि अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले विद्यार्थीहरुलाई प्रष्ट पारि अन्तक्रिया कार्यक्रमको फलर ओपन गर्नुभएको थियो । विद्यार्थीहरुले क्रमश आफ्नो जिज्ञासाहरु राख्नुभएको थिया भने अध्यक्ष, शिक्षा शाखा प्रमुखले प्रष्टसँग जवाफ दिनुभएको थियो र विद्यार्थीहरुले उठाएको समस्याहरुको समेत समाधान गर्नुभएको प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।