• २०७९ मङ्सिर १७ गते शनिवार

घाइते बालिकाको दाहिने खुट्टा काटियो, सामान्य बन्दै कोहलपुर

पढ्न लाग्ने समय : १ मिनेट
मंसिर २३, बाँके । आइतबार ट्रक दुर्घटनामा परेकी बालिका प्रकृति चन्दको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बालिकालाई थप उपचारका लागि आइतबार नै नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो ।
अहिले बालिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ । ट्रकले स्कुले बालिका प्रकृति चन्दलाई ठक्कर दिएपछि एकाएक तनावग्रस्त बनेको कोहलपुर बिस्तारै सामान्य अवस्थामा फर्किएको छ । आज विहानैदेखि कोहलपुर बजार खुलेको छ, स्थानीयहरु आफ्नो दैनिक गतिविधिमा फर्किएका छन । अहिले बजारमा चहलपहल बढेको छ भने आज बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् । कोहलपुरमा निषेधाज्ञा भने हटाइएको छैन, सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ ।
त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस