मंसिर, २३ कपिलवस्तु, । कपिलवस्तुको बाणगंगा-८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार बिहान बा ८ च ६३९० नम्बरको तीब्र गतिको कार सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किदा कपिलवस्तु नगरपालिका-९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो ।
विद्युत पोलमा ठोक्किन पुग्दा घाइते भएका पाण्डेको बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।