• २०८२ जेष्ठ ७ गते मङ्गलवार

४४ राउण्ड गोलीसहित दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २३ नुवाकोट ।  प्रहरीले म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई ४४ राउण्ड गोली सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस