• २०८२ बैशाख २९ गते सोमवार

माधव कुमार नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २३ काठमाडौँ  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेपाल निवासमा राजदूत पुरी र नेता नेपालबीच भेट वार्ता भएको हो । भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेका छन ।

भेटमा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस