• २०८० चैत्र ३० गते शुक्रवार

हङकङमा हालसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर २३, हङकङ ।  महिनौदेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको हङकङमा हिजो ठूलो प्रदर्शन भएको छ ।

आयोजकहरुले प्रदर्शनमा ८ लाख मानिसको सहभागी भएको जनाएका छन् । जबकी प्रहरीले प्रदर्शनमा १ लाख ८३ हजार सहभागी रहेको अनुमान गरेको छ । यो संख्या अगस्टबाट शुरु भएको सरकार विरोधी प्रदर्शनमा हालसम्म सबैभन्दा ठूलो सहभागिता हो ।

प्रहरीले अनुमति दिएपछि प्रजातन्त्र समर्थक सिलिभ ह्युमान राइट फ्रान्टले आइतबार प्रदर्शनको आयोजना गरेको थियो । प्रहरीले प्रदर्शनअघि छापा मारेर ११ जनालाई पक्राउ गरेको छ ।

सुपुदर्गी सन्धिको विरोधमा प्रदर्शन शुरु भएको सो प्रस्ताव फिर्ता लिएपनि हालसम्म रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस