• २०८१ मङ्सिर २३ गते आइतवार

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक घुस रकम सहित रंगेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त के.सीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले.घुस  रकम सहित रंगेहात नियन्त्रणमा लिएको छ ।

उनले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए वापत सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई रु.७,०००। घुस वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाइ घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको वली होटलबाट घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस