• २०८२ जेष्ठ २ गते बिहिवार

युवा बस्नेतले सुकुम्वासीलाई ओढ्ने ओच्छ्याउने र तातो कपडा वितरण गरि मनाए जन्मदिन

पढ्न लाग्ने समय : २ मिनेट
  • राम बहादुर बिश्वकर्मा

कात्तिक २३, प्युठान । जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर तरिका फरक । बढदो आधुनिकता संगै युवा पुस्तामा जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ । तर प्युठानका एक युवा जसले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् ।

प्युठान नगरपालिकाको कार्यालय नजिकै खेलकुदमैदानमा नजिक टहरा बनाई बस्दै आएका सुकुम्वासी खुमबहादुर राउतको परिवारलाई हरि बस्नेतले चिसो मौसममा ओढ्ने ओच्छ्याउने तातो कपडा वितरण गरेर आफ्नो ३०औं जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाएका छन्। जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ। उनले भने, ुमेरो खुशी केकसँग होइन, तिनै सुकुम्बासी परिबार सँग नैतिकता र जीवन दर्शनका कुरा गरेर साटेँ ।

भागदौडपूर्ण जिन्दगीमा एकमुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भए पनि सुकुम्बासी बालबालिकासँगै रहेर जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उनले बताए। जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति सुकुम्बासी घरपरिवार सँग जन्मदिवस मनाइएको उनको भनाइ थियो।

कपडा हस्तान्तरण कार्यक्रममा बोल्दै बस्नेतले उत्सब र रमाइलोको नाममा फजुल खर्च गर्न छोडी थोरै भए पनि सामाजिक भावना जगाई अभाव रहेको ठाँउहरुमा सहयोग गर्न सके राम्रो हुने बताए । आत्मसन्तुष्टिका लागि आफुले जन्मदिन मनाउदा हुने खर्च सुकुम्बासी का लागि खर्च गरेको उनको भनाई छ । सुकुम्बासीहरु ताता कपडा पाँउदा निकै खुशी देखिन्थे । बस्नेतका अनुसार आगमी दिनमा पनि यस्ता सेवाका काम गदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस