• २०८० चैत्र ३० गते शुक्रवार

भारतले शनिबार बिहानै देखि एकासी नाकाहरु सिल, नेपालको सिमाना आसपासमा सुरक्षा ब्यबस्था कडा:डिआइजी शाह

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह(क्राइम बिट)

कात्तिक २३, बाँके । भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको बताईएको छ ।


भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा प्रहरीलाई जानकारी दिएको र नेपालको सिमानामा आसपासमा सुरुक्षा ब्यबस्था कडा पारिएको डिआइजी शाहले बताए ।

बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेकाले त्यसकै कारण नाका बन्द गरिएको हो कि भन्ने हल्ला भने नेपालमा व्यापक रहेको जनताहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस