• २०८२ जेष्ठ १ गते बुधवार

काठमाडौँको टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिँदै

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३ , काठमाडौँ । काठमाडौँको खुला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने भएको छ ।

अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घेर्न लागेको हो ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिने भएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ ।

प्रतिक्रिया दिनुहोस