• २०८२ बैशाख ५ गते शुक्रवार

एएफसी फुटसल छनोट च्याम्पियनसिपका लागि राष्ट्रिय फुटसल टिमको घोषणा

पढ्न लाग्ने समय : २ मिनेट

असोज २२, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विजयी गुरुङलाई समावेश गर्दै १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरिएको छ ।दोस्रो चरणमा छनोट भएका १८ जना खेलाडीबाट अन्तिम १४ सदस्यीय टिमको घोषणा गरिएको हो ।

लामो समय फुटबल मैदानबाट बाहिर रहेका बिजयले फुटसलमार्फत राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । यस्तै पुर्व राष्ट्रिय फुटबल खेलाडी आशिष लामाले समेत फुटसल टिममा स्थान बनाएका छन् । मुख्य प्रशिक्षण विण्णु गुरुङले छनोट गरेको राष्ट्रिय फुटसल टिममा अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, आरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ गरेका छन् ।

नेपाली टिमले ईरानमा हुने एएफसी फुटसल छनोट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह (बी) मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ । नेपाली टिमको मुख्य प्रशिक्षकमा विण्णु गुरुङ र प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस