- सागर थापा/महेन्द्र सिंह
भदौ २४, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित घरबारी टोलमा आगलागी भएकोछ ।
घरबारी टोलमा रहेको कपडा पसलमा फेसन मलमा आगलागी भएको हो । आगलागी भएको थाहा पाए लगत्तै स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो निभाइएको थियो ।
करिब आधा घण्टा पछि आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार घरबारीटोलमा रहेको स्मृति रानामगरले सञ्चालन गरेको फेसन मलमा आगो लागेको हो ।
विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक बस्नेतले बताए । आईतबार राती पौने दश बजे भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको लत्ताकपडा जलेको बुझिएकोछ ।