• २०८२ बैशाख १७ गते बुधवार

ब्राउन सुगरसहित नागढुंगा र कपन बाट१/१जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३ काठमाडौं ।  काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा राखिएको चेकपोइन्टमा जाँच गर्ने क्रममा काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख १०५५ नम्बरको बसबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित कञ्चन प्रधान लाई पक्राउ गरेको छ । प्रधानको साथबाट ४७।७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिनूभयो ।
बुढानिलकण्ठ-१२, मिलन चोकका सुनिल थपलिया लाई लागूऔषधसहित महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको छ ।उनको साथबाट प्रहरीले फेनरागन, नुफिन र डाइजेपाम गरी ११ एम्पुल बरामद भएको जनाइएको छ । दुवै घटनामा विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस