• २०८२ बैशाख ६ गते शनिवार

पहिलो हाफमा नेपाल १-० ले पछाडी

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३, काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले अहिले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल उज्वेकिस्तानसँग १-० ले पछि परेको छ । खेलको ३४ औं मिनेटमा नेपालले एक गोल खाएको हो ।

यस्तै खेलको १० औं मिनेटमा नेपालकी कप्तान निरु थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी छिन् । उनको स्थानमा सरु लिम्बु मैदान प्रवेश गरेकी छिन् । कप्तानको जिम्मेवारी भने रेनुका नगरकोटीले गरेकी छिन् ।

पहिलो खेलमा घरेलु टोली किर्गीस्तानलाई ८-२ ले हराउँदै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग खेलिरहेको हो ।

पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा उज्वेकिस्तान शीर्ष  स्थानमा रहेको छ ।

प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस