• २०८१ माघ २६ गते शनिवार

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान घुस सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली घुस रकम सहित पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुर्वेदिक औषधी दिएको भन्ने समेत टुङ्गिइसकेको उजुरी मिलाईदिने भनी सेवाग्राहीसँग पटक पटक घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई सेवाग्राहीसँग रु.५,०००।–(पाँचहजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित वीरगञ्ज महानगरपालिका वडा नं. ६ माईस्थान चोक स्थित मिठाईपसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस