• २०८२ जेष्ठ २ गते बिहिवार

कर्णाली राजमार्ग सञ्चालनमा

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३ , जुम्ला । तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोट खण्डको राजमार्ग शुक्रबार राति आएको बाढीले शनिबार देखि अवरुद्ध भएको थियो । कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजे अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले बताए । सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु आ–आफ्नो गन्तव्यस्थलतिर लागेका थिए ।

स्थानीय लालकौरा शाहीले दुखेसो पोख्दै शुक्रबार रातिको सो बाढीले टाकुल्लाको विद्युत्गृह, धानबालीमा समेत क्षति पुर्याएको भन्नूभयो । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस