साउन २४ धादिङ । शिद्धलेक गाउँपालिका-६ कुमपुरस्थित एनसेलको टावरमा साउन १५ गते आगजनी गरेको घटनामा संलग्न रहेको अभियोगमा शिद्धलेक गाउँपालिका बस्ने ३० वर्षीय प्रल्हाद सिंखडालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई निलकण्ठ नगरपालिका-७ स्थित तारूखर्क भन्ने स्थानबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।