श्रावण २४, काठमाडौं । आज शुक्रबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।
यस्तै राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर रहेको छ। भारतको पुर्वी छत्तिसगढमा अबस्थित Deep Depression पश्चिम-उतरपश्चिम तिर कमजोर भएर सर्दै जाने देखिन्छ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान(Normal position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही देशका एक दुई स्थानहमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल पनि सक्रिय छ।