• २०८२ बैशाख १७ गते बुधवार

त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, १४ यात्रु घाइते अन्य बेपत्ता

पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर बस त्रिशूलीमा खसेको हो । बसमा अन्य १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । अहिले सम्म मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । बसमा ३८ यात्रु रहेका थिए ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस