- विनोद त्रिपाठी
असार २४, काठमाडौं । यो हो काठमाडौंको न्युरोड भित्रको एक गल्ली । बिजुलीको गुजुल्टो तार मात्र होइन, अलि पर हेर्नुस त टेका लगाएका घरहरु । भुकम्पपछि ५ बर्षको यति लामो अबधीमा यसको ब्यबस्थापन नगरेर यहाँका गल्ली गल्लीमा धराप थापिएको छ । यी अग्ला गगनचुम्वी धराप पुराना र नयाँ घरहरुबाट लाखौं नागरिक यहि बाटो दैनिक जोखिम मोल्दै हिंड्न बाध्य छन् । राजधानीको बर्तमान दुराअबस्था के के छन् ?
१. सडक, पार्क र सार्बजनिक स्थानहरुमा जथाभावी फुटपाथ, सडेगलेका बासीतासी खाना पाकिरहेका, अति बिपन्न बर्गहरु मजदुर बेरोजगारहरुको भीड, असरल्ल र भद्रगोल बजार ।
२. लथालिंग बिजुलीका तारहरु, निर्माण अलपत्र सडकका भागहरु, अलपत्र ढल, माटो निस्किएका सडकका दायाँबायाँका स्थानहरु, फोहोर थुप्रिएका स्थान, पिच सडकमा पनि धुलो र हिलोको सास्ती ।
३. बसपार्क क्षेत्रहरु बैराग्य मृत्युलोक जस्तो हरिबिजोग, सार्बजनिक बसहरुमा अभ्रदता, सार्बजनिक शौचालय प्रयोग गरिनसक्नु, सरकारी अस्पताल, सरकारी कार्यालय, सरकारी स्कुल, सरकारी कलेज आदि लगायत सरकारी निकायका सबै संरचनाहरु फोहोर, रंगहिन, भद्रगोल, मगन्तेनारायणका जक्सन जस्ता ।
४. पार्क विनाका घरहरु, पार्क विनाका सपिङ मल, पार्क विनाका भवनका संरचनाहरु, मान्छे नै मान्छेका थुप्राहरु, सवारीका लस्करले खुल्लास्थान शुन्य, जताततै फोहोरहरुमा पानीपुरी र चटपट खाँदै गरेका यमराजका पाहुनाहरु ।
५. जेब्राक्रसमा सवारी नरोक्ने जंगली सवारी चालक र मालिक, कुकुर स्वभाव भएका कुकुर पालेर सडकमा छोड्ने औतारी असभ्य मालिकहरु, गल्ली गल्लीका भुस्याहा कुकुरसंग मित लगाउने बेहोसी जनताबाट भोट पाएर चुनाव जितेका जनप्रतिनिधीहरु ।
यी केहि छर्लंग देखिने दिक्दारका दृष्य मात्र हुन् । हुन त यो भन्दा पहिलेका शासकले पनि काठमाडौं बनाएनन् । अहिले दुइ तिहाईको सरकारले बनाउने कुनै लक्षण देखिंदैन । आखिर, काठमाडौं जति सुन्दर र सफा पञ्चायत ब्यबस्थामा भयो, अब त्यो सुन्दर काठमाडौं फेरि फर्कने छैन । किनकी यहि ब्यबस्था आएपछि २०४६ पछि नै यो उपत्यका बिग्रिएको हो । पहिले त काठमाडौं यति सुन्दर थियो कि गितै बन्यो त्यतिबेला । ‘कान्छीलाई घुमाउने काठमाडौं शहर …..।’
लेखक त्रिपाठी, नेपाली मिडिया क्षेत्रमा सम्पादक बनिसकेका छन् त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउँदै आएका छन् ।