• २०८१ चैत्र २ गते आइतवार

पाचथरमा हराएका बालवालिका फेलापारी आफन्तलाई हस्तान्तरण

पढ्न लाग्ने समय : १ मिनेट

असार २२,पाँचथार । प्रहरीले फाल्गुनन्द गाउपालिका वडा नं. ७ आङसाराङ, पाचथरबाट हराएका बालवालिका फेलापारी आफन्तलाई हस्तान्तरण गरेको छ ।

पाँचथर फाल्गुनन्द गाउपालिका वडा नं. ७ आङसाराङ घर भई फिदिम नगरपालिका २ स्थित धनमाया तुम्रोक गुरुङ (फुपु) को घरमा अध्ययन गर्न बसेका बर्ष १२ को अप्सन आङदेम्बे, वर्ष १० कि पुर्णिमा आङदेम्बे र वर्ष ५ को मिकेश गुरुङ असार २२ गते बिहान कोही कसैलाई नसोधी घर छोडी बेपत्ता भएको भनि दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरमा धनमाया तुम्रोक गुरुङले निबेदन दिए पश्चात जिल्ला प्रहरी कार्यालय पाँचथर र मातहत समेतको प्रहरी परिचान भई खोजतलास गर्ने क्रममा सोहीदिन साँझ ५:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय यासोकबाट खटिएको टोलिले कुम्मायक गाउपालिका ४ तिङदेन स्थित सडकमा बेवारिसे अवस्थामा फेलापारेको थियो ।

फेला पारिएका बालवालिकाहरुलाई ईलाका प्रहरी कार्यालय यासोकमा पुर्यासई कुम्मायक गाउपालिका अध्यक्ष जय बहादुर चेम्जोङको रोहबरमा आफन्तलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस