• २०८२ बैशाख ५ गते शुक्रवार

दैलेखमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल, दैलेख

असार २४, दैलेख । सर्पको टोकाईबाट दैलेखमा १७ वर्षीया किशोरीको मृत्यृ भएको छ । महावु गाउँपालिका–५ काशिकाँध घर भई हाल दैलेख सदरमुकाममा बस्ने टीका शाहीको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

गएराति करिव २ बजेतिर सुतेको कोठामा सर्पले टोकेपछि दैलेख जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको थियो,उपचारको क्रममा मँगलबार दिउँसो मृत्यु भएको प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस