• २०८० मङ्सिर २५ गते सोमवार

अवैध रुपमा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलर सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार २४काठमाडौं  अवैध रुपमा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलर सहित हङकङ जन्मस्थान भई मोरङ मृगौलिया-९ ठेगाना भएका राहदानी नम्बर ०८००६७५७ बाहक ३९ वर्षीय पासाङ याल्मो तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ब्यागेज चेकिङ एरियामा सुटकेश र हाते झोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९ सय ५० र हङकङ डलर ३ सय ७० फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस