• २०८२ बैशाख ९ गते मङ्गलवार

ललितपुरबाट हिरासतको ग्रिल उक्काएर भागे तीन थुनुवा

पढ्न लाग्ने समय : १ मिनेट

असार २४, ललितपुर  ललितपुरको भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल उक्काएर तीन थुनुवा भागेका छन् । सोमबार राति चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् ।

ललितपुर प्रहरीका अनुसार ग्रिल उक्काएर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ ।

फरार अभियुक्तको परिचय खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस