• २०८१ पुष २९ गते सोमवार

पारसको कप्तानीमा राष्ट्रिय टिम मलेसिया प्रस्थान

पढ्न लाग्ने समय : २ मिनेट

असार २४काठमाडौं सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान गरेका छन् ।

पारस खड्काको कप्तानीमा रहेको १४ सदसीय नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले विदाई गरेका थिए ।

मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८-२९) मा हुनेछ । त्यसपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर जानेछ  ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।

नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।

नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

बसन्त रेग्मी

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

ललित नारायण राजवंशी

अविनाश बोहरा

पवन सर्राफ

प्रदीप ऐरी

रोहित कुमार पौडेल

सन्दीप लामिछाने

शरद भेषवाकर

सोमपाल कामी

वैकल्पिक खेलाडी :

कुशल भुर्तेल

सुशन भारी

आरिफ शेख

जितेन्द्र मुखिया

प्रतिक्रिया दिनुहोस