• २०८२ जेष्ठ ७ गते मङ्गलवार

१२ जना हलियाका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार, बाजुरा

जेष्ठ २६, बाजुरा । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ ( NNDSWO ) जिल्ला शाखा बाजुरा एन्ट्री सेलेवरी इन्टरनेस्नलको साझेदारी र बेलायत सरकारको आर्थिक सहयोगमा बाजुराको बुढिनन्दा नगरपालिका वडा नं. ५ मा रहेको पशुपति प्रा.वि दैयामा हलिकाका बाह्र जना बालबालिका लाई शैक्षिम सामागी वितरण गरिएको छ ।

शैक्षिक सामागी पाउनेमा आस्तीका वि.क, ऐना विक,यूवराज विक सुक्रराज विक, दिपेन्द्र विक, जन्दवा विक, तुलसी विक , देवराज विक, पुष्पा विक, डिले विक , प्रमिला विक, मर्मा विक, रहेका छन । शैक्षिक सामाग्री पाउदा हलियाका बालवालिकाहरु खुसी भएका छन । जम्मा अठासी जना विद्याथी संख्या भएको विद्यालयमा सतहतर जना विद्यार्थी हलियाका बालबालिका छन भने एघार जना गैर दलितका बालबालिका रहेका छन ।

पुढिनन्दा नगरपालिका भरिका विद्यालय भन्दा पशुपति प्रा.वि.मा धेरै हलियाका बालबालिका रहेका प्र्रधानाध्यापक रंगप्रशाद रेग्मीले बताएका छन । सवैभन्दा हलियाहरुको संख्या वढी भएको बाजुराको उत्तरी भेगमा पर्ने तिन वटा विद्यालयमा यो कार्यक्रम लागु गरिएको कार्यक्रम अधिकृत रोशन खड्काले बताउनु भएको छ । संस्थाले शिक्षाको पहुजलाइ बढाउने हेतुले अभिभाबकहरुलाई जिविकापार्जन सम्बन्धि कार्य पनि गर्दै आएको खड्काले बताउनु भयो । कार्यक्रमामा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अग्निराज विक नेपाल राष्ट्रिय दलित कल्याण संघका कार्यक्रम अधिकृत रोशन खड्का , फिल्ड फुल सपरभाइजर सन्तोस विक उद्दम विकास सहजकर्ता लक्ष्मी शाहि लगाएत अभिभावक को उपस्थिती रहेको थियो । संस्थाले हलिका विद्याथी लाई शैक्षिक सामाग्री वितरण गरेको भन्दै विद्यालयका प्रधानाध्यापक रंगप्रशाद रेग्मीले खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस