जेठ २६, काठमाडौं । ‘तल्लो जात’ को भनेर पटकपटक विभेद गरेको आरोप लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् ।
कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार घटना शनिबार साँझको हो ।
धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ ।
घटनापछि गम्भीर भाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए ।
प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन्, उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।
थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।