• २०८२ बैशाख १७ गते बुधवार

सुर्खेतमा प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, सुर्खेत । प्रदेश स्तरीय नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रम शनीवारदेखी कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ ।

राष्ट्रीय युवा परिषद् नेपालको आयोजनामा सुर भएको संसद जेठ २८ गते सम्म संचालन हुन छ भने संसदमा कर्णाली प्रदेशका १० जिल्लाका युवाहरुले सहभागीता जनाएका छन् ।

युवा पुस्तालाई व्यवस्थापिका संसदको प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले संसद सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा कर्णाली प्रदेशका संसदीयदलका प्रमुख सचेतक गुलावजंग शाहाले युवाहरुको नेत्तृत्व विकासमा युवा संसदले महत्वपुर्ण भुमिका खेल्ने बताए । र युवा संसदमा युवाका सवालहरु धेरै मात्रामा आउने विश्वाश व्यक्त गरे । र अहिलेका युवाहरु राजनीतमा आउन जरुरी रहेको उनले बताए ।

कर्णाली प्रदेशलाई समृद्ध बनाउनका लागी कर्णालीका युवाहरुनै हरेक स्थानबाट लाग्ने पर्नेमा उनले जोड दिए । कार्यक्रममा राष्ट्रीय युवा परिषद् सुर्र्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत, राष्ट्रीय युवा परिषद श्यामकाजी खत्री र राष्ट्रीय युवापरिषद कर्णालीका संयोजक टेकराज पछाई र वीरेन्द्र कार्की लगाएतले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस