• २०७९ साउन २९ गते आइतवार

रूकुमका  फरेष्टर  घुस रकम सहित नियन्त्रणमा 

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, रूकुम । चौफा सव डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम पश्चिममा कार्यरत फरेष्टर महेन्द्र वि.सि.ले कटान आदेशको काममा सहजिकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको छन ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिइ गएको टोलीले फरेष्टर महेन्द्र वि.सि.लाई सेवाग्राहीबाट रू ७,००० घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई मुसीकोट नगरपालिका १, रूकुम पश्चिम स्थित कालिका मन्दिर नजिकको विमला खाजा घरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस