• २०८० असोज ४ गते बिहिवार

खली पूजा : सामाजिक परम्परा संस्कार र संस्कृतिको जर्गेना या अन्धबिश्वास ? ( हेर्नुहोस भिडीयो )

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २६, काठमाण्डौं । सयौ किलो दाउरा बाल्नका लागि तयार गरेरखात लगाएर राखीएका छन् । आफ्नो परम्परा अनुसार कपाल मुण्डन गरेर सेतोबस्त्र धारण गरी खलीबली पूजाको तयारीमा जुटीरहेका छन् । पूजाका लागि बनाईएको मण्डपमा पूजापाठ भईरहेको छ ।

छेवैमा रहेको दाउरामा आगो दन्की रहेको छ । यहाँ भएका सबै दाउरा बलेर सकीएपछि दाउरावाट निस्कने आगोको गोल सहितको कोईलामा उफ्रदै सबै आगोलाई निभाउने परम्परागत प्रचलन नै हो खली प्रथा । नेपालका बिभिन्न भू–भागमा र बिशेष गरी उपत्यका आसपासका क्षेत्रमा बिभिन्न बर्ग र समुदायले यसैगरी खली पूजा गर्ने गर्दछन् ।

खलीपूजा गर्नाले दिवंगत पितृहरुको आत्माले शान्ति पाउने र परिवारमा र पूरै खलकमा सुखशान्ति हुने धार्मिक जनबिश्वास रहँदै आएको छ । तर एउटा महत्वपूर्ण र गम्भीर प्रश्न के हो भने बिज्ञानलाई समेत चुनौती दिने खालको खली खाने प्रचलनलाई के भन्ने ? जुन कुरा झट्ट सुन्दा र भिडीयोमा हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा अझै पनि यस्ता प्रचलन र परम्परा चलिरहेका छन् । नाङ्गै खुट्टाले आगोमा हाम फाल्दै आगोलाई निमिट्यान्न पार्दा समेत उनिहरुलाई आगोले कुनै असर गरेको पाईदैन ।

यसलाई के भन्ने एउटा सामाजिक परम्परा संस्कार र संस्कृतिको जर्गेना या अन्धबिश्वास । प्रश्न आफैमा अनुत्तरीत छ । किन कि आगोले पोल्छ नै ? तर खली पूजा गर्दा आगोले किन पोल्दैन ?
हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस