• २०७९ साउन ३१ गते मङ्गलवार

ललितपुर महानगरपालिकाको अमिन घुस लिदालिदैं पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौं । ललितपुर महानगरपालिकाको कार्यालय, नक्सा शाखा, ललितपुरका अमिन बिरेन्द्रबहादुर चन्दले स्थलगत नापजाँच गरी घर बाटो सिफारिस गर्ने कामका लागि घुस लिदालिदैं पक्राउ परेका छन ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज अमिन बिरेन्द्रबहादुर चन्दलाई सेवाग्राहीसँग रू.२०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई महानगरपालिकाको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज अमिन बिरेन्द्रबहादुर चन्दले भ्रष्टाचार गरेको खुल्न आएको हो । उनको आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस