• २०८० असोज १७ गते बुधवार

चेल्सीले घरेलु मैदानमा वेष्ट ह्यामलाई पराजित

पढ्न लाग्ने समय : १ मिनेट

चैत २६ , काठमाडौं ।  चेल्सीले सोमबार राति आफ्नै घरेलु मैदानमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामलाई पराजित गरेको छ ।चेल्सीको जितमा इडन हजार्ड नायक बने ।

उनकै दुई गोलको मद्दतमा चेल्सीले वेष्ट ह्याममाथि सहज जित निकालेको हो ।  पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । चेल्सीका लागि खेलको २४औं मिनेटमा हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ९० औं मिनेटमा चेल्सीले फेरी गोल गर्दै २–० को अग्रता बनाउन सफल भयो । यो पटक पनि हजार्डले नै गोल , उनकै नायकत्वमा चेल्सीले वेष्ट ह्याममाथि जित हात पारेको हो ।

पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ । उसको ३३ खेलबाट ८२ अंक रहंदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक छ ।

पराजित वेष्ट ह्यामको भने समान खेलबाट ४२ अंक छ । यता लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ ।

प्रतिक्रिया दिनुहोस