चैत २६, सुर्खेत । कर्णाली प्रदेशका तन्नेरि जवान युवाले नीति निर्माणमा सरोकारवालाको पनि सहभागिता जनाउँन दिनुपर्ने माग गरेका छन् ।तन्नेरी चासो सुर्खेतको आयोजना र सार्वजानिक निति निर्माणमा नितिगत विकल्पहरुको खोजि गरिरहेको ऋति फाउण्डेसनको समन्वयमा कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगरमा सोमबार सञ्तालित ’कर्णालीको स्वास्थ्य विधेयक र युवा परिषद गठनसम्वन्धी विधेयकमाथी नितिगत छलफल कार्यक्रममा सहभागी तन्नेरिले युवालाई सहभागी नगरायरै मनपरि निति नितिनिर्माण गरेको बताउँदै ,राय विनाकौ निति दुःखको कुरा भएको बताएका छन् ।
कार्यक्रममा वक्ताको रुपमा कर्णाली प्रदेशसभा सदस्य माननिय शुसिल थापा, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाही , सामाजिक विकास मन्त्रालयकै उपसचिव दामोदर फुयाल युवा गैरसरकारी संस्था महासंघका कर्णाली प्रदेश अध्यक्ष गगनसिंह ठकुरी रहेका थिए । विषय प्रवेशकको रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमल लम्साल रहेका थिए भने मोडरेटरको रुपमा नेपाल पत्रकार महासंघका सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारति रहेका थिए । कार्यक्रममा सहभामध्ये धेरैको प्रश्न युवा विदेशिन, मानसिक बिरामी , कुलतमा लाग्नु, अव आउने कर्णाली प्रदेशको युवा परिषद गठनसम्वन्धी विधेयकले रोक्छ ? भन्ने थियो । निति बनाईने भनेको नै नागरिकको लागि हो । त्यहाँ युवाको सहभागीता हुनपर्छ ।
कर्णालीका कान्छा युवा सांसद शुसिल थापाले भने “युवाको लागि निति बनाउँन ध्यान दिएनन् । विधेयक बारे उनी अनज्ञित छन् । कार्यक्रममै आएको समयमा हेरे” उनले भने ।विधेयकमा सामाजिक विकास मन्त्रीको अध्यक्षतामा ९ सदस्यिय प्रदेशस्तरिय युवा परिषद र अर्को जिल्लामा गठन गरिने प्रस्ताव छ । तर त्यसलाई जिल्ला नभई प्रदेश अन्तर्गत २४ वटा बनाउनुपर्नेमा सांसद थापाले सदनमा संसोधन प्रस्ताव राख्ने बताए । सोहि कुराको जवाफमा युवा गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष गगनसिंह ठकुरीले विधेयकमा जिल्ला नभइ स्थानीय तह र वडास्तरमै युवा सञ्जाल गठन गर्नुपर्ने बताए ।
हालसम्म वेरोजगार युवा , विदेसियका युवा र विदेशबाट फर्किएको युवाको तथ्याङ्क समेत सँकलनमा ध्यान दिएको छैन कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयालले भने ।२०७८ को मतगणना सम्म त्यो गणना हुने व्यवस्था हुनुपर्ने बताए ।
“मैले भोट हालेर जिताएको सांसद मेरै लागि निति बनाउदाँ खबर नपाएर नजाने हो कि चुकुल लगाए पनि चुकुल फोडेर जाने आँट गर्ने हो ?“ एकजना सहभागी युवाले प्रश्न गरे । युवाहरुले निति बनिसकेपछी पनि कार्यान्वयन नहुनु दुःखद भएको बताए । “अरु निति बन्ला भट्टी पसलमा रक्सी,भाङ खाने र चुरोट तान्ने युवाको सङ्ख्या घटाउन कस्तो निति कहिले बन्छ ? “ सहभागी युवाहरुले प्रश्न गरेका छन ।
उक्त प्रश्नका सांसद थापाले घतलाग्दो जवाफ दिएनन् ।उनले भने , कुनैपनि विधेयक प्रदेशसभामा टेवुल भएपछी प्रतिपक्षीले संसोधन प्रस्ताव गरेन् । उनले ,सत्तापक्षकै सासंदले विधेयकमाथि संसोधन प्रस्ताव गर्नुपर्ने बताए । कर्णाली प्रदेश नदेखेका काठमाण्डौकालाई विशेषज्ञ भनेर ल्याउनु उचित नभएको बताउदै सांसद थापाले निति वनाउदा यहाँकै सरोकारवालाको सहभागित हुनुपर्ने बताए । “अनुदान युवा लक्षित हुनुपर्छ रोजगारी खोज्ने भन्दा रोजगारी दिने युवा बनाउनुपर्छ “ सांसद थापाले भने ।
मोडरेटरको रुपमा नेपाल पत्रकार महासंघका सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतिले सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीलाई हुम्लाका लगाएत कर्णालीका सबै जिल्लामा रहेका स्वास्थ्यमा रहेके समस्या मध्यनजर गर्दै कण्डम फ्रिमा वितरण गर्ने सरकाले महिलाको लागि सेनेटरि प्याड किन बनाउँन नसकेको भन्ने प्रश्नमा शाहीले यो बर्षदेखि स्वास्थ्य सम्बन्धी जनतामुखी विद्येयक बन्नुपर्छ भन्दै नयाँ कामको शिर्जना हुने बताए । करिव ६० जनाको सहभागिता रहेको बन्दै गरेका विधेयकमाथि यस्तो नितिगत कार्यक्रम कर्णाली प्रदेशमै पहिलोपटक हो । कार्यक्रममा कर्णाली प्रदेशका अधिकांँश जिल्लाबाट प्रतिनिधित्व गर्ने युवाहरु सहभागि भएका थिए ।