चैत २६, सर्लाही। ब्रहम्पुरी गाउँपालिका ४ स्थित झिमपुलको बाँधबाट नाईट्रोभेट ३० थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी गौशाला गाँउपालिका(५ का २१ वर्षीय राजु साह रौनियार र सोही स्थानका २२ वर्षीय विवेककुमार साह रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ज.३ प.५३८८ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक राजु र मोटरसाइकलमा सवार विवेकलाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका(८ बस्ने २९ वर्षीय पंकज मिश्रालाई नाईट्रोभेट १४ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री पंकजलाई नगराईन नगरपालिका(६ सिमा प्रहरी चौकी अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिका १० डुमरिया बस्ने २१ बर्षीय खुसिलाल मुखियालाई नाईट्रोभेट ९० ट्याव्लेट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरी टोलीले सवैला नगरपालिका १२ स्थित रघुनाथपुरमा खुसीलाललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।