• २०८२ बैशाख १७ गते बुधवार

जाजरकोट प्रशासनमा डिजिटल प्रविधिमा सुरु

पढ्न लाग्ने समय : २ मिनेट
  • रेशम बहादुर खड्का, जाजरकोट समाचारदाता

चैत्र २६, जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले डिजिटल प्रविधिबाट सेवा सुरु गरिएको छ । सोमबार एककार्यक्रमको आयोजना गरिप्रशासन कार्यालयमा डिजिटल प्रविधि सुरुवात गरिएको हो ।

नागरिकको सेवा प्रवाहलाई छिटो छरितोर प्रभावकारी बनाउन डिजिटल प्रविधिबाट कामको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए । प्रशासनमा सेवा लिन आउने नागरिक सेवा दिन प्रशासनले पहिलो पटक डिजिटल बडापत्र, फ्रि वाईफाई, स्मार्ट टिभि र सिसि क्यामरा राखेको बस्नेतले जानकारी दिए । कार्यालयले कम्प्युटर प्रिन्टबाट नागरिकता दिन थालेको प्रशासन कार्यालयले अवदेखि सेवालाई डिजिटलाई सुरुवात गरेको बस्नेतले बताए । सेवा लिन आएका सेवाग्राहीलाई समय विताउन सहज होस भनेर फ्रि वाईफाई र ४३ इन्चको स्मार्ट टिभी प्रतिक्षा कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
त्यस्तै कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी लगायतका काममा चाहिने आवश्यक कागजात ,लाग्ने दस्तुर र समयको बारेमा डिजिटल वडापत्रमा देख्न सकिने गरि कार्य सुभारम्भ गरिने बस्नेतको भनाई हरेको छ ।

बस्नेतले भने ‘कार्यालयमा हुन सक्ने ढिलासुस्ती र अनियमितता रोक्न सिसि क्यामरा राखेका छौं । प्रत्यक फाँटमा कर्मचारीले गरिरहेको कामको निगरानी आफैले गर्ने गरि ब्यवस्था मिलाईएको छ’ म कार्यालय नहुँदा पनि मेरो मोवाईलबाटै प्रत्यक्ष निगरानी गर्ने ब्यवस्था मिलाएको छु । यसले गर्दा कर्मचारीले लापरवाही गर्ने र टेबलमुनीबाट घुस लिने प्रबृत्तिको समेत अन्त्य हुन्छ । हामी कँहा त्यस्तो गुनासो आएको छैन तर त्यस्तो अवस्था नै नआओस भनेर सचेत छौ ।’ करीव साढे दुई लाख रुपैया आन्तरिक स्रोत खर्च गरेर कार्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउन सफल भएको प्रजिअ बस्नेतले बताए । बस्नेतले आफुहरु जनताको शासक नभएर सेवक भएकोले जनमैत्री सेवा दिन आफुले विशेष पहल गरिरहेको र नागरिकका गुनासा पिरमर्कामा स्थानिय प्रशासन सधै साथमा रहेको बताए । केहि बजेटको कमि भएता पनि आवश्यक जनतालाई आवश्यक सहयोग गर्न प्रशासन तयार रहेको बस्नेतको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस