• २०८० असोज ११ गते बिहिवार

त्रिभुवन चौकको सालिक हटाउन खोजेपछि जनता सडकमा मेयर राणा र उद्योग बा.अध्यक्ष बैस्य बिरोध चर्को नाराबाजी

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

चैत २६, नेपालगन्ज ।  विगतमा त्रिभुवनको शालिक रहेको त्रिभुवन चोक स्थित संरचना भत्काइएकोप्रति सर्वसाधारणले विरोध जनाएका छन् । सोमबार राति त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले नेपालगन्जका मेयर डा. धवल शमशेर राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखेको थियो । सोही अनुरुप मेयर राणाले संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको बताएका छन् । मेयर राणाले १ वर्ष अघि नै संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको दाबी गरे । तर नेपालगन्ज उपमहानगरको बोर्डले भने यस विषयमा कुनै निर्णय गरेको छैन । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले संघलाई त्रिभुवन चोकमा सौन्दर्यकरण गर्न अनुमति दिइएको बारे जानकारी नभएको बताए । अवध पोस्ट्सँग कुरा गर्दै रिजालले भने, “६÷७ महिना अगाडि संघले त्रिभुवन चोक सौन्दर्यकरणका लागि प्रस्ताव गरे पनि बोर्डले कुनै निर्णय गरेको थिएन । कसरी एकाएक त्रिभुवन चोक भत्काइयो भन्नेमा हामी आफै अचम्भित छौँ । ” त्रिभुवन चौकको संरचना भत्काउने क्रममा संघका अध्यक्ष वैश्य र वडा नं. ११ का अध्यक्ष उज्जवल सिंह राठौर विरुद्ध सर्वसाधारण खनिएका थिए । पछि प्रहरीको सहयोगमा उनीहरुलाई घर पठाइएको थियो ।

विरोधका क्रममा वडाध्यक्ष राठौरले सर्वसाधारणलाई अस्लिल गाली गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । विरोध गर्नेमा राप्रपाका स्थानीय नेता–कार्यकर्ताहरु पनि थिए । राप्रपाकै मेयर राणाले नेपालगन्जको इतिहास मेटाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । आज नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठक बस्दैछ । जहाँ यो विषय जोडतोडका साथ उठाइने एक जनप्रतिनिधिले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस