• २०८० मङ्सिर १५ गते शुक्रवार

प्रदुषित पानी पिउन बाध्य पश्चिम रोल्पाका होलेरी बासी

पढ्न लाग्ने समय : ३ मिनेट
  • नन्दराम खड्का

फाल्गुन २५,होलेरी । पश्चिम रोल्पाका होलेरी बासीलाई खानेपानि अभाबका कारण रात भर नसुति पानी भर्नुको पिडा यथावत नै छ । पानी सानो भएको कारण पिउने पानी संकलन गर्नका लागि गाउपालिकाले एक हजार लिटरको ड्रमको ब्यबस्था गरिदिएको छ तर पानी शुरक्षित राख्नको निम्ति  ड्रमको बिर्काे नै छैन । जसका कारण अहिले पानीको ड्रम भित्र माटो, किरा, लागाएत बिभिन्न फोहोर बस्तुहरु सडेको पानी पिउन बाध्य बनिरहेका छन्  होलेरी बासी ।

नेता तथा ठुला बडाले मिनेरल पानी किनेर पिउने गर्छन् तर यस्तो सम्बेदनशिल बिषयमा पनि कसैले ध्यान नदिदा आफुहरुलाई प्रदुषित पानी पिउन बाध्य पारिएको बताउछन होलेरीका व्यवसायी भरत रोका । रोकाले भने अहिले हामी होलेरी बासिले प्रदुषित पानी पिउदै आएका छौ । अहिले पानी जम्मा भईरहेको ड्रमलाई नियाल्ने हो भने पहिलो कुरा त ड्रमको बिर्को नै छैन । बिर्को नहुदा पानी शुद्ध र सुरक्षित हुने सम्भाबना नै रहेन । ड्रम भित्र हेर्ने भने माटो, बोट बिरुवाका पातहरु, किराहरु लगाएतका दुसित बस्तुहरु थुप्रिएका छन् । यसले गर्दा हाम्रो स्वास्थ्यमा ठुलो असर पुग्न सक्ने सम्भाबना देखिएको छ । सुन्दा बिषय सामान्य लाग्न सक्छ तर सानो लापरबाहिले मानब स्वास्थ्यमा ठुलो क्षेती पुर्याउन सक्छ । गर्मियाम सुरुहुदैछ यहि पानी सुक्न सक्ला भन्ने डर छ तर आझ भोलि कसैले पनि पानीलाई ब्यबस्था गर्नेमा ध्यान दिएको छैन। भएका पानी मुहानबाट यहाका नेताहरुले ब्यक्तिगतरुपमा  प्रयोग गरिरहेका छन् ।

पानी अभाबका कारण रात भर नसुति पानी भर्नुको पिडा त छदै छ,त्यहि पानी पनि प्रदुषित हुदा चिन्ता लागेर आउछ । सम्बन्धित निकायले यो समस्यालाई गम्भिरता पुर्बक लिने हो भने थोरै लगानी र मेहनतले समाधान गर्न सकिन्छ । समाधान गर्नका लागि होलेरी खाने पानी उपभोक्ता समिती पनि छ तर यो बिषयमा चासो देखाएको पाईदैन । स्थानिय सरकार रुन्टीगढि गाउपालिकाले पनि चासो देखाएको छैन। आजको युगमा पनि होलेरी बासिले प्रदुषित पानी पिउनु भनेको निकै दुखत र लाज मर्दो भएको बताउछन पत्रकार प्रेम खड्का । खड्काले थपे मुलुकमा थुप्रै परिबर्तन भईसक्दा पनि होलेरीमा भने खाने पानी र यहाको समुदाय प्रदुषित पानी पिउन निम्तिएको बाध्यात्मक परस्थिती निकै लाजमर्दो देखिन्छ ।

मुख्य सडक नजिकै पानीको ड्रम राखिएको छ । त्यसमा पनि ड्रमको बिर्को नै छैन । बिर्को नहुदा ड्रममा गाडिबाट निस्किएको धुलो धवाँ पनि ड्रममा जान्छ ।  अहिले ड्रममा रहेका फोहोर पदार्थले मानब स्वास्थ्यमा असर त गर्ने नै भयो । यसमा सम्बन्धित निकायले ध्यान दिएको छैन । यसरि हेर्ने हो भने भाबि दिनमा अझै ठुला समस्या बढ्न सक्ने सम्भाबना देखिन्छ । पानीमा कसैले केहि मिसाईदिन सक्छ किन भने यो भन्दा अगाडिको ड्रम पनि फुटाईएको थियो । पानी अभाबका कारण यहाँ बारम्बार झगडा भएको देखिन्छ । जतिबेला जेनि हुन सक्छ त्यसैले यो बिषयमा सम्बन्धित निकायलाई जति सक्दो चाडो ध्यान दिन आबश्यक म देख्छु ।

खानेपानि निर्माण र ब्यबस्थापन कार्य अन्तिम चरणमा नपुगेका कारण यो समस्या रहेको होलेरी खाने पानी उपभोक्ता समितीका अध्यक्ष भुपाल बस्नेतले बताउछन । उहाले भन्नु भयो केहि समय अगाडि पानी संकलनका लागि ड्रम राखेका छौ । पानी अभाबका कारण पहिलेको ड्रम  नै फुटाएका थिए । पानी झिक्न सजिलोले ड्रम फुटाउने, बिर्को फाल्ने समस्या रहेको छ यो समस्या नहोस् भन्नको निम्ति हामिले यहि चैत्र महिनाबाट उक्त स्थानमा चौकिदार राख्ने निर्णय गरेका छौ । आसा छ  त्यस पछि  समस्याको समाधान हुने छ ।

प्रतिक्रिया दिनुहोस