- सागर थापा
फागुन २५, दाङ । दाङमा नारी दिवसकै दिन दाङ प्रहरीले जबरजस्ती करणीको आरोपमा शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई करणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङको अनुसार घोराही १० चारबगिया निबासी १० बर्षीया एक बालिकालाई जबरजस्ती करणीको आरोपमा सोही ठाउँका एक बालकलाई पक्राउ गरेको जनाएको छ । बालकले फागुन १ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पिडितका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल पान्डेले जानकारी दिनुभएको छ ।
पिडितका बुवाले फागुन २३ गते दिएको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिका ४ की एक १४ बर्षीया बालिकालाई करणी गरेको आरोपमा रोल्पा रुण्टीगढी गाउँपालिकाका यूवराज रानालाई पक्राउ गरेको छ ।
रानाले बालिकालाई फागुन २१ गते करणी गरेको आरोपसहित पिडितका बुवाको जाहेरीको आधारमा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । दुबै जनालाई जबरजस्ती करणी अभियोगमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।