माघ २६ काठमाडौं । बाल गायिका पूजा देवकोटाको “न साथमा बाबा छन् ” बोलको गीत सार्वजनिक भएको छ । केही सालदेखि बेपत्ता हुनुभएका बाबालाई समर्पित उक्त गीतमा पूजा देवकोटाको नै शब्द रहेको छ भने बसन्त सापकोटाको संगीत रहेको छ ।
जसको सुरिलो आवाजले धेरै नेपालीहरुको मन जिति रहेको छ । भने उनको दर्दानक कथा सुन्दा जो कोहीको मन रुने छ । पुजाले गाएको गीतको म्युजिक भिडियो शुक्रबार काठमाडौमा एक विशेष कार्यक्रमकोबीचमा सार्वजनिक गरिएको छ ।
पूजाको आफ्नै अभिनय रहेको उक्त गीतको भिडियो बिक्रम मलाकीले निर्देशन गरेका हुन् भने दिपेन बस्नेतले सम्पादन र छायाँकन गरेका हुन् ।
६ बर्ष पहिले हराएको बाबा खोज्दै राजधानी सम्म आएकी पुजा सबैलाई मन लोभ्याउने गीत गाएर केही समय चर्चामा अएकी थिइन् । चर्चित लोक दोहोरी गायिका देवी घर्ती सँगै गीत गाएर धेरै दर्शकको मन जितेकी पुजाले अहिले आफ्नै नयाँ गीत रेकर्ड गरेर सार्वजनिक गरिसकेकि छिन् ।
भिडियो हेर्नुस्