
सागर रिजाल,
माघ २५ , प्युठान । प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन।
शुक्रवार राती १० बजे परेको चट्याङमा परि नौबहिनी गाउपालिका-१ स्वाउलिवाङ्ग खारखोलाका अन्दाजी २३ वर्षिय नेपाली सेनामा कार्यरत मनोज गुरुङ र सोही गाउकी अन्दाजी २७ वर्षिय नौमती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
त्यस्तै सोही ठाउका बर्ष ७ कि तेजि पुन, बर्ष ६० का बोमबहादुर घर्ती र ६२ वर्षिय रुद्र पुन घाईते भएको प्रहरी प्रमुख बुढाथोकीले बताए । त्यस्तै चट्याङले नौबहीनी-६ मा १ भैंसी र बाख्रा मरेको उनले बताए ।