• २०८० चैत्र ३० गते शुक्रवार

बम विष्फोटन कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । बम बिष्फोटन कार्यमा संलग्न रहेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका-४ पाँचगाछी ठेगाना भएका ३७ वर्षीय याम कुमार गिरीलाई शुक्रबार बेलुका प्रहरीले काठमाडौं तिनकुनेबाट पक्राउ गरेको छ ।

झापा बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधिन भवनमा भदौ २३ गते गिरी समेतका व्यक्तिहरुले बम बिष्फोटन गराएको अभियोगमा फरार गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस