• २०७९ असोज ९ गते आइतवार

नेपालगन्ज वडा प्रहरी निरीक्षक बस्नेतद्वारा ४ लाख ५० हजार मुल्यको एक ट्रक अबैध सुर्ती बरामद

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

मङ्सिर २२, बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणमा सुर्ती जन्य प्रदार्थ बरामद गरेको छ। आइतबार बिहान ३ बजे वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतको कमान्डको प्रहरी टोलीले नेपालगन्ज १६ जयसपुर इतरामबाबा मन्दिर पछाडी गाउँमा परालमा लुकाइराखेको एक ट्रक सुर्ती बरामद गरेको हो।

बिशेष गोप्य सूचना पाएर प्रहरी टोली जमुनहा गाउँ पुगेर जांच गर्दा सुर्ती बरामद गरेको वडा प्रहरी निरीक्षक बस्नेतले बताए। बस्नेतका अनुसार उक्त सुर्ती भारतबाट अबैध रूपमा ल्याएर राखिएको हो। उक्त सुर्तीको मूल्य ४ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। अहिले सुर्तीलाई वडा प्रहरी कार्यालय नेपालगन्जमा राखिएको छ। प्रहरी निरीक्षक बस्नेत नेपालगन्ज आएदेखि थुप्रै सराहनीय कार्य गर्दै आइरहेका छन् ।

नेपालगन्जको शान्ति सुरक्षा लगायत अबैध चोरीपैठारीका बस्तुहरु बरामद गर्दै आउँदा अहिले उनकै सक्रियतामा यति ठुलो परिमाणमा अबैध सुर्ती बरामद हुनु उनको ठुलो सफलता भएको छ। वडा प्रहरी बस्नेत निरीक्षकको कामको चो तर्फी चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस